GARDEN MART DEPARTMENT STORE

शिव शिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारी संस्था लि. द्वारा संचालित यस गार्डेन मार्ट सन् २०७५ देखि  देशको अधिकांस ठाउँमा संचालनमा ल्याई सेवा प्रदान गर्दै आइरहेको छौ। संस्थाले देशको भौगोलिक अवस्थालाई ध्यानमा राखी अधिराज्य भरि यस डिपार्टमेन्ट स्टोर संचालन गर्ने उद्देश्य राखेको छ।सुदुर पश्चिमको डडेलधुरापछि संस्थाले भक्तपुरको कमलविनायकमा दोस्रो , तुलसीपुर दाङ्गमा तेस्रो , हेटौडामा चौथो र सुर्खेतमा गार्डेन मार्ट स्टोर सञ्चालनमा ल्याएको छ र अरु विभिन्न ठाउँमा पनि संचालनमा रहेको छ जस्तै पोखरा, महेन्द्रनगर, किर्तिपुर, नेपालगंज, दमक, बाग्लुंग, गाईघाट, बालकोट, थैबा र टाँडी ।

कृषक तथा उद्यमीको उत्पादित वस्तुको बजारीकरण र व्यवस्ठापन गर्नका हेतुले यसको सुरुवात भएको हो ।स्थानीय तथा गैरस्थानिय क्षेत्रबाट वस्तु संकलन गरि एकै छानामुनि ग्राहकवर्ग माँझ गुणस्तरीय सेवा प्रदान गर्न यसको प्रयास रहेको छ। हरेक स्टोरमा १५००० भन्दा बढी सामानहरु उपलब्ध गराइएको छ ।हामी तपाईंलाई तपाईको घरको लागि आवश्यक सबै सामानहरु उपलब्ध गराउने छौं। खाद्यान्न पदार्थ, पेयपदार्थ ,कस्मेटिक, नास्ता, इलेक्ट्रोनिक्स, स्याम्पु , साबुन, भान्छाका सामान, खेलाउना तथा अन्य सामाग्रीहरु अरु स्टोर भन्दा सस्तो र भरपर्दो मूल्यमा पाउन सक्नुहुनेछ। मौलिकतालाइ प्राथमिकता दिइ ग्राहकहरुको सन्तुष्टि नै हाम्रो उदेश्य हो।